इन्टेक्सका बिक्रेताहरु थाइल्याण्ड भ्रमणमा
भारतीय मोबाइल कम्पनी इन्टेक्सका लागि नेपालको आधिकारिक वितरक सीजी इम्पेक्स् प्रालिले देशभरका उत्कृष्ट ५० बिक्रेता तथा कर्मचारीलाई थाइल्याण्ड भ्रमणमा पठाएको छ ।
कम्पनीको स्कीमअनुसारको लक्ष्य पूरा गरेका बिक्रेताहरुलाई चार रात पाँच दिनको लागि थाइल्याण्डको बैंकक र पटायामा बिक्रेताहरुको भेला र भ्रमणका लागि पठाईएको कुसुम लामा योन्जनले जानकारी दिइन । चौधरी गु्रप अन्तरगत रहेको इन्टेक्स स्मार्ट फोनको सिजी इम्पेक्स् प्रालिले नेपालभर वितरण गर्दै आएको छ ।