‘नेपालले शुरुदेखि नै आक्रामक खेल्नुपर्छ’
मध्यान्ह सवा दुई बजे शुरु हुने साफ वुमेन्स च्यापियनसीपको सेमिफाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । यसअघिका तीन वटै संस्करणमा फाइनलमा भिड्दै आएका दुई टीमबीच पहिलो पटक सेमिफाइनल प्रतिस्पर्धा हुन लागेको हो ।
सूमह ए मा सतप्रतिशत नतिजा निकालेको नेपालले माल्दिभ्सलाई ९, भुटानलाई ८ र श्रीलंकालाई १ गोलले पराजित गर्यो । समूह चरणमा नेपालले गोल खाएको छैन् ।
पहिलो खेलमा अफगानिस्तानलाई ५–१ गोल अन्तरले पराजित गरेको भारतले बंगलादेशसँग गोल रहित बराबरी खेलेको थियो । समूह बीको उपविजेता भएपछि भारतले नेपाल प्रतिद्वन्द्वी पाएको हो ।
साविक उपविजेता नेपाल यसअघि तीन पटक नै फाइनलमा भारतसँग पराजित भएको थियो । एएफसीबाट ए क्लासको लाईसेन्स प्राप्त प्रशिक्षक कुमार थापा सिलगुडीस्थित कंचनजंगा रंगशालामा भारतलाई हराएर फाइनल यात्रातय गर्ने रणनीतिमा छन् ।
यसअघिका सबै संस्करणमा हावी हुँदै आएको भारतको उपाधि दाबेदारी अस्वाभाविक छैन । तर यसपटक भने भारतलाई पराजित गर्न सक्ने गरीको टीम बनेको देखिन्छ । फुटबल विश्लेषक नविन पाण्डे नेपाललाई शुरुदेखि नै आक्रमक खेल्न सुझाव दिन्छन् ।
“भारत बलियो टीम भएकाले पनि ९० मिनेट होल्ड गर्न गाह्रो छ” विश्लेषक पाण्डे भन्छत्, “गुड अफेन्सीभ ईज वेष्ट डिफेन्सिभ भन्ने भनाईलाई आज नेपालले आत्मसात गर्नुपर्दछ ।” खेलाडीहरूले गुमाउनु केही छैन भन्ने धारणा लिएर खुलेर खेल्नुपर्ने उनको भनाई छ ।