कला/साहित्यसोमवार, पौष १८, २०७३

‘भोको घर’ अन्तिम सातामा

हिमालखबर


सुनधारास्थित नाटकघर थिएटर मलमा मञ्चन भइरहेको नाटक ‘भोको घर’ अन्तिम सातामा पुगेको छ ।

नाटककार गोविन्दबहादुर मल्ल ‘गोठाले’को नाटक ‘भोको घर’को पुस १ गतेदेखि मञ्चन भइरहेको छ । युवा रंगकर्मी केदार श्रेष्ठको परिकल्पना तथा निर्देशनमा मञ्चन भइरहेको नाटकमा कलाकार आकाश मगर, शान्ति गिरी, सुदाम सिके, सञ्जिता सञ्जी र अभय बरालको अभिनय रहेको छ ।

२१ औं पटक मञ्चन भएको ‘भोको घर’ अब यो साता ६ पटक मञ्चन हुने थिएटर मलका प्रबन्ध निर्देशक इलिना नकर्मीले एक प्रेस विज्ञप्तिमार्फत जनाएकी छिन् । दर्शक राम्रो पाएपनि अर्को नाटकलाई तुरुन्तै मञ्च दिनुपर्ने भएकोले नाटकको समयावधि नबढ्ने उनले बताएका छन् ।

घनश्याम श्रेष्ठको मञ्च तथा प्रकाश परिकल्पना, सुरेश कार्की, रामशरण रेग्मीको मञ्च निर्माण, राजेन्द्र भट्ट र अमुल श्रेष्ठको प्रकाश तथा संगीत परिचालन रहेको छ ।

‘भोको घर’ २३ पुससम्म बुधबारबाहेक हरेक सा“झ ५ बजे र शनिबार अचिरिक्त शो १ः३० बजे हेर्न सकिनेछ ।

प्रतिकृया दिनुहोस