ताप्लेजुङमा वनरक्षकको हत्या
ताप्लेजुङको खोक्लिङमा वनरक्षक गणेश शाहीको खुकुरी प्रहार गरी हत्या भएको छ ।
जाजरकोट–८ दशेरा घर भई इलाका बन कार्यालय खोक्लिङमा कार्यरत उनको आइतवार बिहान हत्या भएको प्रहरी नायव उपरीक्षक रामवहादुर केसीले जानकारी दिए ।
खोक्लिङ–८ दुरिङ घर भएका सविन लिम्वूले शाहीको हत्या गरेको प्रारम्भिक जानकारी आएको केसीले बताए । हत्यापछि लिम्बू फरार रहेका छन् ।
सामुदायिक र निजी वनको विवादका विषयमा छलफल भइरहँदा उनलाई लिम्बूले उनलाई लखेटेर हत्या गरेको प्रारम्भिक जानकारी आएको र यसबारे विस्तृत विवारण आउन बाँकी रहेको केसीले वताए ।
घटनास्थल सदरमुकाम फुङलिङवाट ४ कोष पश्चिममा पर्छ ।
लक्ष्मी गौतम, पाँचथर