ड्याटसनको मेगा डिल अफर
पायनियर मोटोकर्पले ड्याटसन मेगा डिल अफर शुरु गरेको छ । अफर अन्तर्गत प्रत्येक खरिदकर्ताले एउटा उपहार पक्का पाउनेछन् । खरिदकर्ता सबैलाई सिओमी रेदमी २ प्रो, १० भाग्यशाली विजेतालाई बैंकक भ्रमण र एक भाग्यशाली विजेतालाई ड्याटसन रेडी–गो वम्पर उपहार प्रदान गरिने कम्पनीले जनाएको छ ।
सात वर्षको लागि ५.९९ प्रतिशत ब्याजमा फाइनान्स सुविधा, निःशुल्क सडक कर, फ्रि एस्सेसरिज, ३ वर्ष वारेन्टि र ३ वर्ष निःशुल्क सर्विसिङ्ग उपलब्ध छन् ।
एनडिटिभी कार एण्ड बाइक अवार्डस् २०१७ मा स्मल कार अफ दि ईअर को विजेतको रुपमा ड्याटसन रेडी–गो सम्मानित भएको खुसीयाली मनाउन अफर ल्याईएको कम्पनीले जनाएको छ ।