शव पोष्टमार्टम नगरिएकोे भन्दै फिदिम बन्द
सवारी साधनको ठक्करवाट मृत्यु भएका किशोरको पोष्टमार्टममा ढिलाई गरेको भन्दै आफन्तले आइतवार पाँचथर सदरमुकाम फिदिममा चक्काजाम गरेका छन् ।
दुईदिन अघि इलामको कन्याममा बसको ठक्करवाट मृत्यु भएका फिदिम–१ का २० वर्षीय बिशाल सम्वाहाम्फेको पोष्टमार्टम नभएपछि आक्रोशित युवाहरुले दिँउसो १ वजेपछि सदरमुकाममा चक्काजाम गराएका हुन ।
इलामको कन्याममा सडकको छेउमा उभिएर फोटो खिचिरहेका बखत हुँइकिएर आएको वसले ठक्कर दिएपछि लडेका सम्वाहाम्फेलाई पुनः बस ‘ब्याक’ गरेर किचेको स्थानीयले आरोप लगाएका छन ।
शुक्रवार दिँउसो भएको घट्ना पश्चात मृतकलाई पोष्टमार्टमका लागि शनिवार नै जिल्ला अस्पताल ल्याइए पनि अस्पताल र प्रहरी प्रशासनको मिलेमतोमा पोष्टमार्टम नगरेको मृतकका आफन्तहरुको आरोप छ ।
स्थानीयको आह्वान पश्चात सदरमुकाम फिदिममा मध्यान्ह पश्चात सवारी साधन र व्यवसाय सञ्चालन भएका छैनन ।
लक्ष्मी गौतम, पाँचथर