संशोधन विधेयक अघि बढाए, विपक्षमा उभिन्छु: रायमाझी
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले संविधान संशोधन विधेयक कुनै हालतमा पारित नहुने बताएका छन् ।
रिपोर्टर्स क्लबले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै रायमाझीले संशोधन विधेयक कसैको पनि हितमा नरहेको दाबी गर्दै भने, “यो संशोधन प्रस्तावले कसैको हित गर्दैन्, सिमांकन हेरफेरको विषय त झनै संघीयताको मर्म र भावना विपरित छ।”
यथास्थितिमा कुनै हालतमा पनि विधेयकको समर्थन गर्न नसकिने भन्दै उनले विधेयकको पक्षमा दुईतिहाई मत पुग्नै नसक्ने दाबी गरे ।
उनले भने, “एमाले मात्रै होईन, हामी सरकारमा भएका पनि यो प्रस्तावको विपक्षमा छौं।”
उनले अहिले सरकारले ल्याएको प्रदेशको सिमांकन हेरफेरको प्रस्तावले मधेशी मोर्चाको माग पूरा हुनै नसक्ने ठोकुवा गरेका थिए।