लेखा समिति सभापति शर्माले राजीनामा दिने
व्यवस्थापिका–संसद् सार्वजनिक लेखा समितिका सभापति जनार्दन शर्माले आफ्नो पदबाट राजीनामा दिने जानकारी दिएका छन् ।
समितिको आजको बैठकको प्रारम्भमा उनले आफूले राजीनामा दिने जानकारी गराउँदै बदलिँदो राजनीतिक परिस्थितिमा आफूले पदबाट राजीनामा दिन लागेको बताए ।
नयाँ मन्त्रिमण्डलमा सहभागी हुने भएपछि शर्माले समितिबाट राजीनामा दिन लागेका हुन् ।
दोस्रो संविधानसभाको निर्वाचनपछि गठन भएको व्यवस्थापिका–संसद्अन्तर्गतको सो समितिको सभापति पदमा शर्मा सर्वसम्मत चयन भएका थिए ।