फुटवेयर विजनेश एक्स्पो शुरु
काठमाडौं, भृकुटीमण्डपमा फुटवेयर विजनेश एक्स्पो २०१७ शुरु भएको छ । एक्स्पोको १४ पुसमा स्वास्थ्य मन्त्री गगनकुमार थापाले उद्घाटन गरेका हुन । मन्त्री थापाले कच्चा पदार्थ निर्यात र उत्पादनको क्षेत्रमा सहयोग गर्न सके मात्र पनि फुटवेयर उद्योगले ठूलो फड्को मार्न सक्ने बताए ।
कार्यक्रममा नेपाली जुत्ता घरका संयोजक रामकृष्ण प्रसाई र सञ्चालक होमनाथ उपाध्यायले राजनीतिक अस्थिरताले गर्दा आर्थिक क्षेत्र जर्जर भैरहेका बेला जुत्ता उद्योगीहरुको अर्थतन्त्रलाई चलायमान बनाएको बताए ।
शिखर सुज, बिएफ डियरहिल सुज, स्काइ सुज, क्रस रोड, कोसेली छाला जुत्ता, टाकुरा सुज, शु ल्याण्ड, सप्mट टच, फुटल्याण्ड, ईजी सुज् जस्ता चर्चित नेपाली ब्राण्डका आकर्षक एवं गुणस्तरिय अफिसियल जुत्ता, क्याजुअल जुत्ता, स्पोर्टस जुत्ता, बुटहरु, स्कुल तथा कलेजका युनिफर्म जुत्ताका साथै जेन्टस तथा लेडिज स्याण्डलहरु यस एक्स्पोमा उपलब्ध छन् ।
नेपाली जुत्ता घर आयोजक रहेको एक्स्पोमा दुई लाखभन्दा बढी आगन्तुकहरुले अवलोकन गरी ५० हजार जोर भन्दा बढी जुत्ता चप्पलहरु बिक्रि हुने आयोजकको लक्ष्य छ ।