नेपालद्वारा माल्दिभ्स ९–० ले पराजित, सावित्राले गरिन् ५ गोल
चौथो साफ महिला च्याम्पियनसिप अन्तर्गत टीम नेपालले माल्दिभ्सलाई ९–० गोल अन्तरले पराजित गरेको छ । भारतको सिलगुडीमा १३ पुसमा सम्पन्न खेलमा नेपालका विशाल अन्तरको दोस्रो जित निकालेको हो ।
लगातार तीन पटक उपविजेता रहेको टीम नेपालका लागि सावित्रा भण्डारीले पाँच गोल गरिन । समूह ए रहेको नेपालले पहिलो खेलमा भुटानलाई ८–० गोलको फराकिलो अन्तरले पराजित गर्दा भण्डारीले दोहोरो ह्याटिक पुरा गरेकी थिइन् ।
अनिता बस्नेत, सपना लामा, निर्मला बिक र हिराकुमारी भुजेलले एक–एक गोल गरेकी छन्।
नेपालले अर्को खेल श्रीलंकासँग खेल्नेछ ।