थप समाचारबुधबार, १३ पौष , २०७३

जापानले त्रिवि शिक्षण अस्पताललाई ७० करोड सहयोग गर्ने

हिमालखबर

जापानले त्रि.वि शिक्षण अस्पताललाइ करिब ६९ करोड २० लाख (७५ करोड ४० लाख येन) रुपियाँ अनुदान सहयोग गर्ने भएको छ । नेपाल र जापान बीचको दौत्य सम्बन्धको ६०औं बर्ष पुगेको अवसरमा स्वास्थ्य सम्बन्धी उपकरण सुधार परियोजना अन्तर्गत सहयोग गर्न लागिएको हो ।


सम्झौता पत्रमा अर्थ मन्त्रालयका सचिव डा. शान्तराज सुवेदी र नेपालका लागि जापानी राजदुत मासासी ओगावाले १३ पुसमा हस्ताक्षर गरेका छन् । सहयोग रकमबाट अस्पतालमा रहेका ज्यादै पुराना उपकरण हटाइने र नयाँ उपकरण जडान हुने विश्वास गरिएको छ । परियोजना शुरु भएको १२ महिनाभित्र सबै काम सम्पन्न भईसक्ने जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)द्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस