थप विशेषता सहित ह्वावे जिआर–५ २०१७ बजारमा
चिरपरिचित स्मार्टफोन निर्माण कम्पनी ह्वावेले थप विशेषता सहित जिआर–५ २०१७ बजारमा ल्याएको छ । यसमा १२ एमबी र २ एमबी रियर क्यामरा छ जसले ०.३ सेकेण्डमा एक साथ अटोफोकस गरेर प्रयोगकर्तालाई डाइन्यामिक डेप्थ अफ फिल्ड प्रदान गर्दछ ।
जिआर–५ भन्दा थप विशेषता सहित जिआर–५ २०१७ ल्याईएको ह्वावेले जनाएको छ । उत्कृष्ट परफरमेन्स, अतुलनीय ब्याट्री लाइफ र सबैले खरिद गर्नसक्ने प्रिमियम डुअल क्यामरा यसका विशेषता हुन ।
जिआर–५ २०१७ मा १०–लेभलको ब्यूटी मोड, अटो मेक–अप मोड जस्ता परफेक्ट सेल्फी फिचरहरु छन् । साढे एक दिनको पावरफुल परफरमेन्स दिने यो स्मार्टफोनमा ३३४० एमएएचको ब्याट्री छ । यसमा रहेको फिङ्गरप्रिन्ट ०.३ को ३६० डिग्री रिडेबिलिटी छ ।
५.५ इन्चको फुल हाइ–डेफिनेसन स्क्रिन छ भने यसमा रहेको नेगेटिभ एलसिडि डिस्प्ले डाइन्यामिक कन्ट्रास्ट समन्वय प्रविधिले इमेज, फोटो र भिडियोहरू लिन मद्दत गर्दछ ।