थप समाचारबुधबार, १३ पौष , २०७३

संसद् सचिवालयका कार्की सचिवमा बढुवा

हिमालखबर

व्यवस्थापिका–संसद् सचिवालयका सहसचिव वीरेन्द्रबहादुर कार्कीको सचिव पदमा बढुवा भएको छ ।

सभामुख, उपसभामुख, महासचिव र सचिव रहेको व्यवस्थापन समितिको हिजोको बैठकले कार्कीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । सचिव सोमबहादुर थापा उमेर हदका कारण सेवानिवृत्त भएपछि खाली रहेको सचिवमा कार्कीको बढुवा भएको हो ।

संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिको सचिवका रुपमा कार्यरत कार्की कार्यव्यवस्था महाशाखाको प्रमुखको जिम्मेवारीमा थिए ।

२०४७ साल भदौमा संसद् सेवामा प्रवेश गर्नुभएका सचिव कार्कीको पुर्खौली घर भोजपुरको देउरालीमा छ । उनले आजै आफ्नो कार्यभार सम्हालेका छन् ।
 रासस

प्रतिकृया दिनुहोस