काठमाडौंको मखन गल्लीमा आगलागी (अपडेट)
काठमाडौंको मखन गल्लीस्थित चारतल्ले घरमा आगलागी भएको छ ।
न्यूरोड नजिकै व्यस्त बजार मखन गल्लीमा रहेको एक घरको साडी पसल रहेको तल्लाबाट आगलागी शुरु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
काठमाडौंको मखनगल्लीमा रहेको न्यू फेमस साडी पसलको गोदाममा आगलागी भएको हो । दिउँसो दुईबजेर ५ मिनेटदेखि विद्युत सट भएर आगो लाग्न शुरु भएको र आगो निभाइसकिएको प्रहरीले जनाएको छ ।
आगो नियन्त्रणमा लिन करिव साढे १ घण्टा लागेको थियो । निरन्जन स्थापितको घरको चौथो तलामा लागेको उक्त आगो बारुणयन्त्र, प्रहरी र स्थानीयको सहयोगमा निभाइएको हो ।
पसल धनी प्रकाश श्रेष्ठ र दीपक पाठकले आगलागीबाट करिव १ करोड २५ लाख रुपैयाँबराबरको क्षति भएको दाबी गरेका छन् ।