सप्तरी: विद्यालयबाट नौ थान कम्प्युटर चोरी
सप्तरीको मलेकपुर गाविस–५ स्थित खुरहुरिया जनता माध्यमिक विद्यालयबाट नौ थान कम्प्युटर सेट गएराति चोरी भएको छ ।
उक्त विद्यालयमा प्राविधिक तथा व्यावसायिक शिक्षाधारअन्तर्गत कम्प्युटर विज्ञान विषयको अध्यापनका लागि जडान गरिएको कम्प्युटर चोरी भएको विद्यालयले जनाएको छ ।
करिब रु ६ लाख मूल्य बराबरको कम्प्युटरसहितका सामान चोरी भएको विद्यालयका प्रधानाध्यापक सूर्यनारायण यादवले जानकारी दिए ।
कक्षा ९ बाट कम्प्युटर विषयको डिप्लोमा स्तरको पढाइ शुरु गर्ने उद्देश्यले विद्यालयमा जडान गरिएको कम्युटरसहितका प्राविधिक सामान चोरी भएपछि पढाइ प्रभावित भएको छ ।
सप्तरीको फत्तेपुर, बरसाइन र खुरहुरीयासहित तीन ठाउँका सामुदायिक विद्यालयमा कम्प्युटरको पढाइ सञ्चालन हुँदै आएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
जनता माध्यमिक विद्यालय खुरहरियामा कम्प्युटरको पढाइको लागि ४८ जना छात्रछात्रा अध्ययनरत छन् ।