टीम नेपालद्वारा भुटानविरुद्ध गोलको वर्षा
साफ वुमेन्स च्याम्पियनसीपमा टीम नेपालले भुटानलाई ८–० गोलको विशाल अन्तरले पराजित गरेको छ । भारतको सिलिगुडीको कञ्चनजंघा स्टेडियम ११ पुसमा नेपालका लागि सावित्रा भण्डारीले दोहोरो ह्याट्रिक पुरा गरेकी हुन । शर्मिला थापा र कृष्णा खत्रीले एक एक गोल गरिन् ।
टीम नेपालको सुरुवाती ११ मा एन्जिला सुब्बा, मनमाया लिम्बु, पुनम मगर , गिता राणा , हिरा कुमारी भुजेल, रेनुका नगरकोटी (कप्तान), दिपा रार्इ , अनिता बस्नेत , सर्मिला थापा , मञ्जली कुमारी योन्जन र सबित्र भण्डारी मैदानमा उत्रेकी थिइन ।
तीन पटकको उपविजेता नेपालले यसपछि माल्दिभ्स र श्रीलंकासँग खेल्नेछ ।