प्रभु बैंकको ४० प्रतिशत हकप्रद शेयर पारित
प्रभु बैंकले १०ः४ को अनुपातमा हकप्रद शेयर दिने निश्चित भएको छ । राजधानीमा ८ पुसमा सम्पन्न बैंकको १५ औं वार्षिक साधारण सभाले प्रस्ताव पारित गरेको हो ।
बैंकले जारी तथा चुक्ता बैंक रु.५ अर्ब ८८ करोड १४ लाख २ हजारबाट बृद्धि गरेर रु.८ अर्ब २३ करोड ३९ लाख ६२ हजार ८०० पु¥याउन हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो ।
प्रभु बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने गाभिने एक्विजिसन(प्राप्ति) तथा खरिद गर्ने प्रक्रिया अगाडि बढाउनको लागि सञ्चालक समितीलाई अख्तियारी दिने निर्णय पनि गरेको छ ।
यस्तै साधारणसभाले ६ जना सञ्चालकहरु निर्विरोध निर्वाचित गरेको छ । संस्थापक शेयर धनीहरुको तर्फबाट देवीप्रकाश भट्टचन, पुष्पबहादुर प्रधान, अम्बिका शर्मा लामिछाने र रमेशसिंह खड्का तथा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट कुसुम लामा र दक्ष पौडेल निर्वाचित भएका छन् । नवनिर्वाचित संचालक समितिको बैठकले देवीप्रकाश भट्टचनलाई अध्यक्षमा चयन गरेको छ ।