बसको ठक्करबाट पाटे बाघ मर्यो
बसको ठक्करबाट बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको वयस्क पाटे बाघ मरेको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जभित्र कुँवाभार नजिक पूर्वपश्चिम राजमार्गमा गए राति बसले ठक्कर दिएपछि पाटेबाघ मरेको बर्दिया राष्टिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापाले जानकारी दिए ।
पश्चिमबाट पूर्वतर्फ गईरहेको ना ४ ख २८८७ नम्बरको बसले ठक्कर दिएको निकुञ्जले जनाएको छ ।
उक्त बसलाई बाँके राष्ट्रिय निकुञ्ज ओभरीले नियन्त्रणमा लिएको छ । बाघको केही बेरमा पोष्टमार्टम गरिने निकुञ्जले जनाएको छ ।
पछिल्लो समय राजमार्गमा गाडीको ठक्करबाट बंदेले, चित्तल लगायतका जनावरको मृत्यु हुने क्रम बढदो छ । गाडीको ठक्करबाट बाघ मरेको भने यसक्षेत्रमा यो पहिलो पटक हो ।
बर्दिया निकुञ्जमा वयस्क ५०, अर्ध वयस्क ६ र बच्चा २९ गरी ८५ वटा बाघ रहेको रहेको पछिल्लो तथ्याङ छ ।
भावुक योगी, बर्दिया