लोकमानलाई सर्वोच्च परिसरमै मोसो
लोकमानसिंह कार्कीलाई सर्वोच्च अदालत परिषरमै दुई व्यक्तिले मोसो दलेका छन् ।
आज सर्वोच्च अदालत पुगेका कार्कीलाई पेशी कक्षमा जाँदै गर्दा पछाडिबाट गएका दुइजनाले मोसो दलेका हुन् ।
मोसो दलिसकेपछि ती व्यक्तिले 'नेकपा माओवादी जिन्दावाद' भन्दै बाहिरन खोजेका थिए ।
उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिए पनि परिचय भने अझै खुलेको छैन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा भएको लोकमान सिंह कार्कीको नियुक्ति बदर गर्न माग गर्दै परेको लगायतका मुद्दामा सर्वोच्चमा सुनुवाई भइरहेको थियो ।