जाईकाद्वारा भवन हस्तान्तरण
जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) द्वारा निर्मित गाविस कार्यालय भवन हस्तान्तरण गरिएको छ । सिन्धुपाल्चोकको ठोकर्पाका गाविसको भवन जाईकाका प्रमुख जुन साकुमाले ७ पुसमा हस्तान्तरण गरेका हुन ।
भुकम्प पश्चातको पुनरुत्थान तथा पुनर्निर्माण परियोजना अन्तर्गत बनेको यो भवनमा ३ वटा कार्यालय कक्ष, एक–एक वटा बैठक, तालिम तथा भवन कक्ष र दुई वटा शौचालय छन् । जाईकाका अनुसार रु. ९० लाख लागतमा निर्मित यो भवन अपांगमैत्री र भूकम्प प्रतिरोधी छ ।
सिन्धुपाल्चोकको चौतारामा निर्माणाधीन जिल्ला कृषि विकास कार्यालय र महिला तथा बालबालिकाको कार्यालय भवन २०७४ बैशाख सम्ममा सम्पन्न हुने जाईकाले जनाएको छ ।