लोकमानविरुद्धको मुद्दामा सुनुवाई हुँदै
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्ध परेको मुद्दामा आजदेखि सुनुवाई शुरु भएको छ ।
लोकमानको नियुक्ति बदर गर्न माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको लगायतका अन्य मुद्दामा समेत न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिल सिन्हाको इजलासमा सुनुवाई भइरहेको हो ।
अख्तियार प्रमुख हुनका लागि लोकमानको योग्यता नपुगेको, अदालतको निर्णय कार्यान्वयनमा भएको अवरोध लगायतका मुद्दासमेत यही पूर्ण इजलाशमा एकमुष्ठ सुनुवाई हुनेछ ।