उपत्यकामा बन्दको प्रभाव न्यून, यातायात सामान्य
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आयोजना गरेको उपत्यका बन्दको प्रभाव निकै कम छ ।
राजधानीमा बन्दका कारण सार्वजनिक विद्यालय र क्याम्पस बन्द भए पनि सडकमा सवारीसाधनको आवतजावत सामान्य छ । भाडाका सवारी भने अरु दिनको तुलनामा कम मात्रामा चलेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौँका निमित्त प्रमुख तथा प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीका अनुसार रत्नपार्क, सोह्रखुट्टे, बबरमहललगायत विभिन्न स्थानबाट बन्द गराउँदै हिँडेका नेकपा माओवादीका १२ कार्यकर्तालाई पक्राउ गरिएको छ ।
रासस