नेकपाले टुंगाे लगायाे महानगरका अध्यक्ष र सचिव (नामावली सहित)
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बाँकी रहेको एकता प्रक्रियालाई टंग्याउने कार्य अगाडि बढाएको छ ।
केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहको एीकरण सकेको नेकपाले महानगरको अध्यक्ष र सचिव पनि टुंगो लगाएको छ । शनिबार साँझ बसेको सचिवालय बैठकले ६ वटै महानगरका अध्यक्ष र सचिवको जिम्मेवारी तोकेको छ ।
सचिवालयले काठमाडौं महागरपालिकामा अध्यक्ष निर्मल देउवा र सचिव रविन्द्र श्रेष्ठ चयन गरेको छ । ललितपुरमा अध्यक्ष मञ्जरी कायश्थ र सचिव ज्ञानेन्द्र शाक्य, पोखरामा अध्यक्ष दीपक पौडेल र सचिव विश्वप्रकाश लामिछाने चयन भएका छन् ।
भरतपुर महानगरमा अध्यक्ष रामप्रसाद न्यौपाने र सचिव ईश्वर सापकोटा, वीरगञ्जमा अध्यक्ष रहबर अन्सारी र सचिव विश्वम्भर शर्मा, विराटनगरमा अध्यक्ष सागर थापा र सचिव हेम कार्की चयन भएका छन् । बाँकी रहेको एकीकरण टुंग्याउने अर्को बैठक चाँडै बस्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
नेकपामा अब केन्द्रीय निकाय र प्रवास संगठनको एकीकरण हुन बाँकी छ ।