प्रिमियर लिगमा पाँच खेल, टोटनहाम लेस्टरसँग भिड्दै
इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार पाँच खेल हुदैछ । पहिलो खेल साँझ सवा पाँच बजे लेस्टर सिटी र टोटनहामबीच हुनेछ ।
छैटौं चरणको खेल खेल्न लागेको सिटी र टोटनहामले समान आठ–आठ अंक जोडेको छ । तर, टाटन हाम चौथौं र लेस्टर छैटौं स्थानमा छ ।
शनिबारको खेलमा लेस्टर आक्रामक रुपमा प्रस्तुत हुने भएको छ । उसले चार–एक–चार–एकको पोजिसन तयार पारेको छ ।
तर, टोटनहामले पनि उस्तै रणनीति लिएको छ । उसले चार–तीन–तीनको पोजिसन तयार पारेको छ । लेस्टर भन्दा थोरै टोटनहामको पोजिसन फरक छ ।
यसै समयमा एभर्टन र सेफिल्ड युनाइटेड भिड्दैछन् । राति पौने ८ बजे म्यानचेस्टर सिटी र वाटफोर्ड भिड्नेछन् । राति सवा १० बजे न्यू क्यासल युनाइटेड र ब्राइटन आमने सामने हुनेछन् ।