संघमा प्रगतिशील समूहबाट पोखरेलको उम्मेदवारी
आसन्न नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्ष पदका लागि प्रगतिशील समूहबाट सरोजकुमार पोखरेलले उम्मेदवारी दिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र समाजवादी पार्टी नेपालसँग निकट रहेका व्यवसायीको तर्फबाट पोखरेलले संयुक्त रुपमा उम्मदवारी दिएका हुन् ।
संयुक्त व्यवसायीको तर्फबाट प्रथम उपाध्यक्षमा हरिबहादुर पाण्डे क्षेत्री, द्वितीय उपाध्यक्षमा मुक्तिनाथ अधिकारी, तृतीय उपाध्यक्षमा अख्तर हुसेन, महासचिवमा रामचन्द्र गिरी, सचिवमा सन्जु गुरूङ र कोषाध्यक्षमा तेजमाया लिम्बू (तेजु) ले उम्मेदवारी दिएका छन् ।
सदस्यमा होमप्रसाद तिमिल्सिना, दलवीर भण्डारी, ओमबहादुर न्यौपाने, सरिता घले, सोमबहादुर तामाङ, बाबुराम खड्का, नुर महोम्मद मियाँ, दोर्जे शेर्पा, केदारनाथ अधिकारी र वीरेन्द्रकुमार यादवले उम्मेदवारी दिने संयोजक भन्तनाले जानकारी दिए ।
नयाँ नेतृत्व चयनको लागि हुने निर्वाचनमा सहभागी हुन ६५८ प्रतिनिधिले नाम दर्ता गराएका छन् । म्यानपावर धरौटी बढाएसँगै ८५४ म्यानपावर कम्पनी कायम भए पनि १९६ कम्पनीले प्रतिनिधि पठाएका छैनन् ।
संघको आसन्न निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस निकट म्यावनपार व्यवसायी आआफ्नो समूहको ‘प्यानल’ नै खडा गरेर चुनावी मैदानमा उत्रिएका छन् ।
संघको नेतृत्व हात पार्न उनीहरु उम्मेदवार चयन गरी चुनावी रणनीति बनाउन जुटेका छन् । कांग्रेस निकट व्यवसायी नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका तर्फबाट अध्यक्षमा विष्णुप्रसाद गैरेले उम्मेदवारी दिने घोषणा गरेका छन् ।