आर्चर ६ लाख पाउण्डमा अनुबन्धित
तीव्र गतिका बलर जोफ्रा आर्चरलाई इंग्ल्याण्डले ६ लाख पाउण्ड डलरमा अनुबन्ध गरेको छ ।
विश्वकपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका आर्चरलाई टेष्ट र सीमित ओभरका खेलका लागि अनुबन्ध गरेको हो ।
टेष्ट क्रिकेट सम्झौताअनुसार, आर्चरले वार्षिक ६ लाख पाउण्ड डलर पाउनेछन् ।
बार्बाडोसमा जन्मिएका आर्चर विश्वकप खेल केही अगाडि मात्रै इंग्ल्याण्डको टीममा परेका थिए । तर, उत्कृष्ट प्रदर्शन गर्दै आर्चरले इंग्ल्याण्डलाई विश्वकप क्रिकेटको उपाधि नै दिलाए ।
आर्चरसँगै इंग्ल्याण्डले रोरी बन्सलाई पनि अनुबन्ध गरेको छ । मोइन अली र अदिल रसिदले भने टेष्ट सम्झौता रद्ध गरेको छ ।
स्पिन अलराउण्डर जो डेनलीसँग भने एक दिवसीय क्रिकेटका लागि सम्झौता भएको छ । जेसन रोय, मोगर्न र मार्क वूडसँग पनि एक दिवसीय क्रिकेटका लागि इंग्ल्याण्डले सम्झौता गरेको छ । उनीहरुले वार्षिक २.७५ लाख पाउण्ड पाउनेछन् ।