यौन दुर्व्यवहारको आरोपमा भारतका पूर्वमन्त्री चिन्मयानन्द पक्राउ
युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा भारतमा एक जना पूर्वमन्त्री तथा सत्तारुढ दलका नेतालाई गिरफ्तार गरिएको छ ।
भारतीय जनता पार्टीका नेता स्वामी चिन्मयानन्दलाई उत्तर प्रदेशकी एक विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा गिरफ्तार गरिएको हो ।
एकजना २३ वर्षीया विद्यार्थीले स्वामी चिन्मयानन्दले उनलाई एक वर्षभन्दा बढी समय उनैद्वारा सञ्चालित विश्वविद्यालयमा शोषण गरेको आरोप लगाएकी छन् । उनलाई दुई साताका लागि हिरासतमा पठाइएको छ।
भाजपाका पूर्व सांसद रहेका स्वामी चिन्मयानन्द अटल बिहारी वाजपेयीको सरकारमा केन्द्रीय गृह राज्यमन्त्री थिए ।