खाना पकाउने ग्यासको मूल्य घट्याे
नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य घटाएको छ ।
संविधान दिवसको अवसर पारेर सरकारले उपभोक्तालाई राहत दिने गरी मूल्य समायोजन गरेको हो ।
ग्यासकाे मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ घटाइएको छ । अब ग्यास प्रतिसिन्डिरको मूल्य १ हजार ३ सय ५० रुपैयाँ हुनेछ ।
निगमले अन्तर्राष्ट्रिय हवाई उडानतर्फ पनि इन्धनको मूल्य घटाएको छ। प्रतिकिलोलिटर ५० अमेरिकी डलरले मूल्य घटाएकाे हाे ।
अब अन्तर्राष्ट्रिय हवाई उडानतर्फ हवाई इन्धनकाे मूल्य प्रतिकिलोलिटर १ हजार अमेरिकी डलर पर्ने छ।