पूर्वाधार सम्मेलन फागुनमा
आगामी फागुन ८ र ९ गते राजधानीमा दोस्रो पूर्वाधार सम्मेलन हुने भएको छ ।
‘भौतिक पूर्वाधार विकासमा निजी क्षेत्रको अपरिहार्यता’ विषयको दुईदिने सम्मेलन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल उद्योग परिसङ्घले जनाएको छ ।
परिसङ्घले आज पत्रकारसम्मेलन गरेर सम्मेलनमा भारतका रेलमन्त्री सुरेश प्रभाकर प्रभुले मुख्य वक्ताका रुपमा सम्बोधन गर्ने जानकारी दिएको छ ।
नेपाल सरकार, पूर्वाधार विकासको क्षेत्रमा क्रियाशील सरकारी एवम् गैरसरकारी निकायको समन्वय र सहयोगमा सम्मेलन हुने परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले बताए । रासस