काश्मीरी पीडाः प्रदर्शनमा उत्रिनेलाई ७०० किलोमिटर टाढाको जेल
भारत सरकारले संविधानको धारा ३७० खारेज गरे यता जम्मु–काश्मीरमा प्रदर्शनकारी र प्रहरी बीच झडप रोकिएको छैन ।
विशेष अधिकारसँगै सञ्चारको सुविधा समेत खोसिएपछि काश्मीरी प्रदर्शनमा उत्रन छाडेका छैनन् । तर, प्रदर्शन नियन्त्रण गर्न भारत सरकारले कठोर नीति लिइरहेको छ ।
मुस्लिम बहुल काश्मीरका थुप्रै प्रदर्शनकारीलाई उत्तर प्रदेशको आगरा बन्दीगृहमा थुनिएका छन् । बढीमा १८ सेल्सियस तापक्रममा बसेका काश्मीरलाई ३५ सेल्सियस बढी तापक्रम भएको बन्दीगृहमा राखिएको छ । यो आफैंमा ठूलो यातना हो ।
यसबाहेक भारतका अन्य शहरका बन्दी गृहहरुमा हजारौं प्रदर्शनकारी थुनिएको बीबीसीले जनाएको छ । जसले आफन्त भेट्न पाएका छैनन् ।