नगरपालिका कार्यालयमा बम विस्फोट
नेत्रविक्रम चन्दका कार्यकर्ताले गए राति अछामको कमलबजार नगरपालिकाको कार्यालयमा बम विस्फोट गराएका छन् ।
राति पौने १ बजे नगरपालिका कार्यालयमा प्रेसरकुकुर बम विस्फोट गराएको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए ।
विस्फोटबाट ठूलो क्षति नभएको शाहीले बताए । तार जोडेर करीब १०० मिटर टाढाबाट बम विस्फोट गराइएको पाइएको छ ।
प्रहरीले विस्फोट गराउने समूहको खोजी गरिरहेको छ । नगरपालिका कार्यालयको ढोका नजीक खाल्डो परेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडकबहादुर विष्टले बताए ।
यसअघि २९ भदौमा रामारोशन गाउँपालिका अध्यक्ष झङ्कर साउदलाई लक्ष्य गरी उनको निवासमै अज्ञात समूहले गोली प्रहार गरेको थियो ।