एमबीबीएसका विद्यार्थी इशानले राष्ट्रिय टीम परेपछि भने– पहिले क्रिकेट
सिंगापुर र ओमान हुने क्रिकेटका लागि नेपाली राष्ट्रिय टीमको घोषणा भएको छ । राष्ट्रिय टीमका नियमित उपकप्तान ज्ञानेन्द्र मल्ल, भरपर्दा ब्याट्सम्यान शरद भेषवाकर र अनुभवी बलर बसन्त रेम्गी टीममा पर्न सकेनन् ।
तर, कुशल मल्ल र सुशान पाण्डेले राष्ट्रिय टीममा डेब्यूको अवसर पाएका छन् । कुशल परिचित नाम नै हुन् । भर्खरै यू–१९ एसिया कपमा राम्रै प्रदर्शन गरेर स्वदेश फर्किएका हुन्, उनी ।
अर्का, डेब्यू ब्वाइ इशान भने विल्कुल नयाँ खेलाडी हुन् । इशान उति परिचित होइनन् । तर, यसपटक राष्ट्रिय टीममा अवसर पाएका छन् ।
एमबीबीएसका विद्यार्थी इशान टीममा परेपछि निकै उत्साहित देखिए । पढाई कि क्रिकेट ? जवाफमा इशानले भने– क्रिकेट ।