विमलसँग फोटो सेसन
पूर्वाञ्चलको विराटनगरमा ८ मंसिरदेखि हुने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि हुन पश्चिमाञ्चलका खेलाडीलाई विदाइ कार्यक्रममा विमल घर्तीमगर आकर्षणका केन्द्र बने । उनीसँग फोटो खिचाउन अन्य खेलाडीहरुको तछाडमछाड नै चल्यो ।
पोखरा रंगशालास्थित पश्चिमाञ्चल खेलकुद विकास समितिको कार्यालय प्राङ्गणमा भएको विदाइ कार्यक्रममा फुटबलको राष्ट्रिय टिमका क्याप्टेन अनिल गुरुङ पनि सहभागि थिए । तैपनि विमल भने खेलाडीहरुको पनि आकर्षणका केन्द्र रहे । यहाँबाट ३० खेलमा सहभागी खेलाडीहरु विमलकै वरिपरि झुम्मिए ।
२०१३ को साफ च्याम्पियनशीपमा पाकिस्तान विरुद्ध नेपाली राष्ट्रिय टिमको तर्फबाट गोल गरेसँगै उनी चर्चामा आए । अन्तर्राष्ट्रिय फुटबलमा गोल गर्ने विश्वकै छैटौँ कान्छा फुटबलर हुन विमल ।
युवराज श्रेष्ठ, पोखरा