त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे भीओआर बिग्रिदा अवरुद्ध उडान र अवतरण खुल्याे
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीओआर प्रविधि बिग्रदा अवरुद्ध भएकाे अन्तर्राष्ट्रिय विमानको उडान तथा अवतरण सञ्चालनमा आएकाे छ ।
बिहान १० बजेर ५० मिनेटदेखि उडान अवरुद्ध भएको थियाे । अहिले पनि एयर चाइना, सिल्क एयर, ड्रक एयर लगायतका एयरलाइन्स अवतरण गर्न नसकेपछि आकाशमैं फन्को मारिरहेका छन् । भीओआरमा प्रविधिले नियन्त्रण गरेर उडान तथा अवतरण हुन्छ ।
तर, भिजुअल फ्लाइट रुल्स (भीएफआर) अर्थात् पाइलटले नियन्त्रण गरेर उडान र अवतरण गर्ने प्रणाली भएका आन्तरिक विमान सेवाहरु भने निर्वाध सञ्चालन भइरहेका छन् । त्रिभुवन विमानस्थल कार्यालयले बिग्रिएको प्रविधि मर्मत भइरहेको जनाएको छ ।