मन्त्रिपरिषद् निर्णयः निधिलाई भारत र महरालाई चीन पठाउने
सरकारले उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरालाई क्रमशः भारत र चीन पठाउने निर्णय गरेको छ ।
सरकारले उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरालाई क्रमशः भारत र चीन पठाउने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले उपप्रधान एवम् गृहमन्त्री निधिलाई भारत र उपप्रधान एवम् अर्थमन्त्री महरालाई निकट भविष्यमै चीन पठाउने निर्णय गरेको महराले जानकारी दिए ।
दुई देशबीचका आपसी सम्बन्ध थप सुदृढ बनाउन उपप्रधानमन्त्रीद्वय छिमेकी मुलुक भ्रमणमा जान लागेको उनले बताए ।
सरकारले निकट भविष्यमै पठाउने भने पनि मिति भने निर्णय भइनसकेको र दुई देशबीच छलफल गरी चाँडै उपयुक्त समयमा भ्रमण हुने उनले जानकारी दिए ।
त्यसैगरी सरकारले कालोबजारी नियन्त्रणका लागि गृह, वाणिज्य र आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।
बैठकले कालोबजारी नियन्त्रणका लागि कानूनमा थप सुधार–संशोधन गर्नुपर्ने भए सो अनुसारको विधेयक तयार पार्न समेत कानून मन्त्रालयलाई निर्देशन दिएको उपप्रधानमन्त्री महराले जानकारी दिए ।