गोल मेसिन क्रिश्चियानो रोनाल्डो मैदान उत्रदै
च्याम्पियन्स लिगको दोस्रो दिन पनि आठ वटा खेल हुँदैछ । आठ मध्ये क्रिश्चियानो रोनाल्डो आवद्ध क्लब युभेन्टस एट्लेटिको मड्रिड विरुद्ध भिड्दैछ ।
पहिलो दिन स्टार स्ट्राइकरहरु लियोनल मेसी, मोहमद सलाह, गत सिजनका वर्ष खेलाडी भ्यान डाइकजस्ता खेलाडीले टीमलाई जिताउन सकेनन् ।
त्यसैले, बुधबार राति हुने युभेन्टस र एट्लेटिको मड्रिड बीचको खेल निकै महत्वपूर्ण हुनेछ । किनभने, रियल मड्रिडबाट गत सिजनदेखि युभेन्टसमा आवद्ध रोनाल्डो च्याम्पियन्स लिगमा सवै भन्दा धेरै गोल गर्ने खेलाडी हुन् ।
मेसीलाई १२ गोलले पछि पार्दै रोनाल्डोले १२६ गोल गरिसकेका छन् ।
बुधबार नै रियल मड्रिड र पीएसजीको खेल पनि हुँदैछ । तर, पीएसजीका स्ट्राइकरहरु नेयमार र एमबाप्पे मैदानमा हुने छैनन् । नेयमारमाथि प्रतिबन्ध छ भने एमबाप्पे घाइते छन् ।