रियल मड्रिड विरुद्ध नेयमार र एमबाप्पे नखेल्ने
यूरोपियन च्याम्पियन्स लिगमा बुधबार हुने आठ खेल मध्ये समूह ‘ए’ अन्तर्गतका बलिया टीम रियल मड्रिड र पीएसजी आमने–सामने हुँदैछन् ।
दुवै विजयी शुरुवात गर्न चाहन्छन् । तर, मड्रिडका लागि क्रिश्चियानो रोनाल्डोको अभाव देखिदै आएको छ । राम्रो पोजिसन तय गरेपनि स्कोर नहुँदा अपेक्षित नतिजा मड्रिडले निकाल्न सकिरहेको छैन ।
अर्का क्लब पीएसजीलाई भने पहिलो खेल नै खल्लो बनेको छ । किनभने, क्लबका बलिया स्ट्राइकरहरु नै मड्रिड विरुद्ध नखेल्ने भएका छन् ।
केलिन एमबाप्पे घाइते भएकाले आजको खेल गुमाउने भएका हुन् । अर्का ब्राजिलियन स्ट्राइकर नेयमार भने प्रतिबन्धमा परेका छन् ।
गत सिजनको खेलमा म्यानचेस्टर युनाइटेडसँग पराजित भएपछि हातपातमै उत्रिएपछि नेयमारलाई तीन खेलमा प्रतिबन्ध लागेकाले मड्रिड विरुद्ध उनले खेल्न पाउने छैनन् ।