९५ किलो गाँजा सहित दुई पक्राउ
मकवानपुर प्रहरीले हेटौंडाको रातोमाटेबाट ९५ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
सर्लाही हरिवन–४ का २८ वर्षीय महेश आलेमगर र ३८ वर्षीय राजकिशोर चौधरीलाई प्रहरीले चेकजाँचको क्रममापक्राउ गरेको हो ।
हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना५ख ९३३२ नम्बरको ट्रक रातोमाटेमा चेकजाँचगर्दा लुकाई ल्याएको ९५ किलो ४ सय ग्राम गाँजा बरामद गरेको मकवानपुरका प्रहरी उपरीक्षक वसन्तकुमार लामाले बताए ।
गाँजा बरामदभएको ट्रकसहित दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुरजकुमार भुजेल, मकवानपुर