सिटी एक्स्प्रेसले ल्यायो लखपति अफर
सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी उपहार योजना सार्वजनिक गरेको छ ।
“लखपति एक्सप्रेस २०७६– न यति न उति सिंधै लखपति” शीर्षकमा ल्याएको उपहार योजना ९० दिनसम्म चल्नेछ । यो उपहार योजना अन्तर्गत दैनिक दश जनाले २०० मोबाइल टप अप जित्न सक्नेछन् ।
सिटी एक्स्प्रेसका अनुसार साप्ताहिक रुपमा एक जनाले दश हजार र हरेक महीना लक्की ड्र मार्फत एक जनालाई एक लाख दिइनेछ । उपहार योजनाको अन्त्यमा बम्पर उपहार दश लाख दिइने सिटी एक्स्प्रेसले जनाएको छ ।
उपहार योजना अवधि १ असोजबाट ३० मंसिरसम्म रहनेछ ।