मोदीले लगाएका पाँच सयको गम्छा एघार करोडमा लिलामी !
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्मानमा पाएको पाँच सयको गम्छा एघार करोडमा लिलामी भएको समाचार भारतीय सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
सामाजिक सञ्जालमा लिलामीबाट आएको उक्त रकम प्रधानमन्त्री राहत कोषमा दान गरिएको भन्दै समर्थकहरुबाट मोदीले अवतार पुरुषको संज्ञा पाइरहेका छन् ।
तर, बीबीसीले तयार पारेको रिपोर्ट अनुसार, यो समाचार सत्य होइन । रिपोर्टमा उल्लेख भएअनुसार प्रधानमन्त्री मोदीले एक वर्षमा पाएको २७७२ उपहार ‘राष्ट्रिय धाधुनिक कला संग्राहलय’मा प्रदर्शनीमा राखिएको थियो ।
प्रदर्शनीमा राखिएको उपहार लिलामीमा राखिएको छ । लिलामीमा राखिएका उपहार २०० देखि अढाई लाखसम्मका छन् । केन्द्रीय संस्कृति मन्त्री प्रल्हाद सिंह पटेलले पनि एघार करोडमा कुनै उपहार बिक्री नभएको जनाएका छन् ।
बरू, कट्टर हिन्दू अभियान्ताहरुले पाँच सयको गम्छा एघार करोडमा लिलामी भएको झुठो प्रचार सामाजिक सञ्जालमा भाइरल बनाएर मोदीलाई अवतार पुरुष भनेका हुन्, रिर्पोटमा भनिएको छ ।