एउटै जितले विश्व बरियतामा प्रिन्स दाहालकाे यति ठूलो छलाङ
दुबई ओपन ब्याटमिन्टन च्याम्पियनसीपमा स्वर्ण जितेका प्रिन्स दाहालले विश्व बरियतामा ठूलो छलाङ मारेका छन् ।
स्वर्ण जित्नु अगाडि १०३औं स्थानमा रहेका दाहाल नयाँ बरियतामा ५४औं स्थानमा उक्लिएका छन् । दाहालले पाँच हजार ४५ अंक पाएका छन् ।
दाहालले दुबईमा सम्पन्न च्याम्पियनसीपमा नवौं बरियताका भारतीय ब्याट म्यान भरुण कुपरलाई २१–१९, २१–१९ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका थिए ।
अन्तर्राष्ट्रिय बरियतामा उच्च स्थानमा पुग्ने पहिलो नेपाली खेलाडी बनेका दाहाललाई अन्तर्राष्ट्रिय स्तरका अन्य प्रतियोगिता खेल्न ढोका समेत खुलेको छ ।