खेतका गरागरामा हेलिकोप्टर (तस्वीहरु)
अविरल वर्षाका कारण मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध भयो । पर्याप्त भिजिविलिटीको अभावमा बिहानैबाट आन्तरिक अवतरणमा समस्या आएको थियो भने दिउँसो सवा दुई बजेबाट अन्तर्राष्ट्रिय विमानहरुले समेत अवतरण गर्न सकेनन् ।
अन्तर्राष्ट्रिय विमानहरु आकाशमै घुमिरहे पनि राजधानी बाहिरबाट आएको पर्यटकीय हेलिकोप्टर भने उपत्यकाका छिमेकी जिल्लाका खेतका गरा र खाली मैदानमा अवतरण गरेका थिए ।