स्याफ्रु–मैलुङ राजमार्ग पुनः सञ्चालनमा
असारको दोस्रो सातादेखि अवरुद्ध स्याफ्रु–मैलुङ खण्डको अन्तर्राष्ट्रिय केरुङ राजमार्ग मंगलबारदेखि पुनः सञ्चालनमा आएको छ ।
राजमार्गको पहिरो हटाएपछि धुञ्चे पुछारको ठाडो त्रिशूली खोलामा हिमपाइप र ग्याबिन बक्साको सहायताले आज साँझ ६ बजेदेखि राजमार्ग पुनः सञ्चालनमा ल्याइएको हो ।
सत्र किलोमिटर दूरीको राजमार्ग मर्मत सुधार गरेलगत्तै केरुङबाट सामान लिइआएका सयौँ कन्टेनर राजधानीतर्फ प्रस्थान गरिरहेको प्रहरीले जनाएको छ ।