चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख नेपाल आउँदै
चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुख सोङ ताओ नेपाल आउँदैछन् ।
उनी ४ असोजमा काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालय सम्बद्ध स्रोतले बताएको छ ।
सोङ चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको तयारीका निम्ति आउन लागेको अधिकारीहरूले बताएका छन् ।
चिनियाँ राष्ट्रपतिको भ्रमणको मिति भने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।
सन् २०११ मा चीनको उपविदेशमन्त्री भइसकेका सोङ हाल चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्र्रीय सदस्य छन् ।
यसअघि २२ भदौमा पनि चिनियाँ विदेश मन्त्री वाङ यीले नेपाल भ्रमण गरेका थिए ।
यीले भ्रमणमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल लगायतसँग भेटवार्ता गरेका थिए ।
यीको आगमनलाई पनि राष्ट्रपति सीकै सम्भावित भ्रमणको पूर्वतयारीका रूपमा लिइएको छ ।