प्रधानमन्त्री ओलीको तीन भाषामा शुभकामना, मोदीले नेपालीमा भने– धन्यवाद !
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्म दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीले तीन भाषामा शुभकामना दिए ।
बिहानै प्रधानमन्त्री ओलीले हिन्दी, अंग्रेजी र गुजराती भाषामा जन्म दिनको शुभकामना दिएका थिए । ट्वीटबाट पाएको शुभकामनामा प्रधानमन्त्री मोदीले पनि ट्वीटबाटै धन्यवाद भने ।
तीन भाषामा शुभकामना पाएका प्रधानमन्त्री मोदीले पनि नेपाली भाषामा प्रधानमन्त्री ओलीलाई धन्यवाद भने ।
मोदीले लेखेका छन्, “मेरा मित्र प्रधानमन्त्री ओलीज्यू, तपाईंको शुभकामनाका लागि धन्यवाद व्यक्त गर्न चाहन्छु । यहाँको शुभकामनाको अत्यन्तै कदर गर्दछु ।”