साफ यू–१८ च्याम्पियनसीपका लागि नेपाली टोली घोषणा
साफ यू–१८ च्याम्पियनसीप फुटबलका लागि नेपाली टीमको घोषणा गरिएको छ ।
३ असोजदेखि हुने च्याम्पियनसीपका लागि २३ खेलाडीको नाम सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको नामावलीअनुसार रोहित कार्की, दिपेश गुरुङ, विशाल सुनार, सूर्य अधिकारी र पुजन होना गोलकिपरमा स्थान बनाउन सफल भएका छन् ।
डिफेन्डरमा विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नविन गुरुङ, रोशन दोङ, अलिक रुम्बा, अन्जल महर्जन छन् भने मिडफिल्डमा शिशिर लेखी, रोशन रानामगर, आकाश बुढामगर, जय गुरुङ, मनिष थापा, कुशल फुयाँल र नितिन थापा छन् ।
फरवार्डमा बृजेश चौधरी, सचु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ र मनिष डाँगी छन् । काठमाडौंमा हुने च्याम्पियनसीपको उद्घाटन खेल नेपालले माल्दिभ्ससँग खेल्नेछ ।