माैसम प्रतिकुलताका कारण त्रिभुवन विमानस्थल बन्द
लगातारको वर्षापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सवै अवतरण रोकिएको छ ।
भिजिविलिटी नपुगेपछि दिउँसो सवा दुई बजेदेखि आन्तरिक तथा बाह्य अवतरण रोकिएको हो ।
पर्याप्त भिजिविलिटीको अभावमा काठमाडौं आएका पर्यटकीय हेलिकोप्टरहरुले छिमेकी जिल्लाहरुमा अवतरण गरेका छन् ।
अन्तरराष्ट्रिय उडानका विमान पनि आकाशै फन्को लगाइरहेका छन् भने आन्तरिक उडानलाई होल्ड गरिएको छ ।
त्रिभुवन विमानस्थलबाट तीन सय बढी आन्तरिक र ७० बढी अन्तरराष्ट्रिय उडान–अवतरण हुँदै आएको छ । जल तथा माैसम विज्ञान विभागका अनुसार आज साँझसम्म पनि माैसममा सुधार आउन सक्ने संभावना न्यून छ ।