अटिजम केयर नेपाललाई मुक्तिनाथ ब्यांकको सहयोग
मुक्तिनाथ विकास ब्यांकले अटिजम केयर नेपाल सोसाइटी कास्कीलाई रु. एक लाख आर्थिक सहयोग गरेको छ ।
भवन निर्माणका लागि अटिजम केयर नेपाललाई मुक्तिनाथले सहयोग गरेको हो । अटिजम केयर नेपालले जिल्लाभरका अटिजम भएका बालबालिकालाई विभिन्न क्षेत्रबाट सहयोग गर्दै आएको छ ।
सामाजिक सेवाका खुलेका अटिजम केयर नेपाल सोसाइटीलाई ब्यांकका नायब प्रमुख कार्यकारी अधिकृत समीर शेखर बज्राचार्यले चेक हस्तान्तरण गरेका थिए ।