कुवेतसँग अंक बाड्यो नेपालले
एएफसी यू–१६ च्याम्पियनसीप फुटबल छनोटमा नेपालले कुवेतसँग अंक बाडेको छ ।
सोमबार राति भएको खेलको अतिरिक्त समयमा सम्हालिन नसक्दा नेपालले कुवेतसँग अंक बाडेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
दोस्रो हाफको ७४औं मिनेटमा नेपालका लागि दीपेश राईले गोल गर्दै अग्रता दिलाएका थिए । तर, अतिरिक्त समयमा कुवेतले पेनाल्टी पाएपछि खेल बराबरीमा टुंगिएको हो ।
नेपालले अब श्रीलंका र ताजिकिस्तानसँग प्रतिश्पर्धा गर्नेछ । २०२० मा हुने एएफसी यू–१७ च्याम्पियनसीपमा नौ समूहका विजेता र उत्कृष्ट चार उपविजेताबीच प्रतिश्पर्धा हुनेछ ।