चट्याङमा परी एकको मृत्यु, एक घाइते
बाराको सिम्रौनगढ़ नगरपालिका–११ भगवानपुरमा चट्याङमा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
सोमबार अपरान्ह करीब साढे ४ बजे परेको चट्याङ लागेर सिम्रौनगढ़ नगरपालिका–११ का ४० वर्षीय प्रभु साह तेलीको मृत्यु भएको हो ।
उनी हरनहिया र भगवानपुरको बीचमा पर्ने आफ्नों खेतमा पम्पिङसेटबाट पानी तानिरहँदा चट्याङ लागेको इलाका प्रहरी कार्यालय महेन्द्र आदर्शले जानकारी दिएको छ।
सोही चट्याङमा परी एक जना घाइते भएका छन् । घाइते हुनेमा आदर्श कोतवाल गाउँपालिका–४ कोइलिडिह घर भएका ३० वर्षीय विजय यादव रहेको प्रहरीले जनाएको छ ।
मृतक तेलीलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल कलैया लगिएको जिल्ला प्रहरी कार्यालय कलैया बाराले जानकारी दिएको छ ।
–श्याम गुप्ता